१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

कांग्रेस वडा ५ को छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न



किरात समाचारः नेपाली कांग्रेस वडा ५ कार्य समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला सदस्य खड्ग साम्बा,विशेष अतिथि देउबहादुर देवान रहेको थियो ।

शनिबार माङसेबुङ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको प्राङगणमा घरघर जाउ नेपाली कांग्रेस जिताउ अभियान अन्तर्गत छलफल तथा अन्तरक्रिया कार्यक्रममा पार्टीमा प्रबेश हुनेहरुमा माङसेबुङ ५ का सावित्रा मादेन, अनिता फूरुम्बो,सन्चरानी तुम्बापो,मन्जु चेम्जोङ रहेका थिए ।
कार्यक्रमको सभापति दुधबहादुर लाओतीले गरेको थिए भने कार्यक्रम सचिव भक्तराज सेमाले संचालन गरेका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ११ : ४८ बजे