किरात समाचारः किरात धर्म किरात संस्कृति, किरात भाषाको संरक्षण र संवद्र्धनका लागि किरात धर्मगुरु आत्मानन्द लिङदेन सेइङ तथा अङसीमामाङ साबा पवित्रहाङमा लिङदेनले वि.सं. २०३६ सालदेखि सुरु गर्नुभएको थियो । आज तिनै कार्यलाई निरन्तरताको सावित भएको छ रचनाकार शान्त केरुङको खाम्बोङबा सासे । गीतकारको खाम्बोङबा सासे लिम्बुभाषामा रहेपनि कतिपय शव्दहरु मुन्धुमी भाषामा उचारण गरिएको छ ।
गीतकारले माटोसंगको अस्तित्वलाई जोड्न खोज्नु भएको छ । उहाले माटोसंगको अस्तित्वभएको मानिसहरुको शिर उठाउने स्थलको रुपमा माङसेबुङ हो भनेर चिनाउन खोजेका छन् ।
गीतको अंशमा भनिए झै हाम्रो इश्वरिय माता पिता महागुरु,गुरु गुरुआमा हुन है भन्न खोज्नु भएको छ ।
गीतको रचनाकारले भावनामा राख्नुभएको गीतको भिडियो पनि उस्तै नाभी जोडिए झै निर्देशन गर्नुभएको छ निर्देशक वनेम विक्रम फागोले । फागो लामो समय किरात धर्मको युवाहरुको संगठन नालीफुङवा पान्जुम्भोमा करिव ३ दशक जिवन विताएका व्यक्ति हुन ।
गीतले भनेका वास्तविक भाव फागोले गर्नुभएको सास्कृतिक आन्दोलनका रुपमा भेषभुषालाई अगाडी लाग्नुभए संगै गीतमा तागा र मेख्लीलाई बढी महत्व दिनुभएको छ ।
गीतको भावलाई दुरुस्तै पार्नका लागि किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र माङसेबुङ र गुरुआमाज्यूको नोमाङगेन्नालाई संगितको माध्यमबाट देखाउने प्रयास गर्नु भएको छ निर्देशकले ।
तीनै गीतको रंगकर्मी तथा निर्देशक फागोको निर्देशनमा किरात लिम्बू भाषिक गीत ‘खाम्बोङबा सासे’को भिडियो सार्वजनिक भएको छ ।
गीतको शव्दभावहरुमा गायक तथा संगीतकार किरात धर्मावलम्बीहरुको मन मुटुमा बस्न सफल यादन सेर्माको संगीतमा सजिएको किरात लिम्बू भाषिक गीत ‘खाम्बोङबा सासे’ को भिडियो यादन सेर्मा लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।
गायक यादन सेर्मा र गायीका दीपा सुहाङको सुमधुर आवाजमा सजिएको गीत ‘खाम्बोङबा सासे’ को भिडियोमा मोडल तथा निर्देशक अनिसहाङ लावती र नायिका तथा मोडल निसाम तुम्बापो लिम्बूले अभिनय गरेका छन् ।
छायाँकन तथा ड्रोन सुजन श्रेष्ठले गरेका हुन् भने मेकअप ज्ञानु श्रेष्ठको रहेको छ ।
गीतकार शान्ता केरुङकै निर्माणमा अनिल थोप्राको पोष्ट प्रडक्शन रहेको भिडियोमा किरात साम्यो साम्थिम्गेन् पान्जुम्भो, माङसेबुङ, ईलाम र माङसेबुङ केःलाङ समूह माङ्सेबुङ–५, ईलामको कोरस नृत्य रहेको छ ।
भिडियो हेर्नुहोस :