७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

फाकफोकथुम गाउँपालिका उपाध्यक्षलाई कारर्वाही गर्न कांग्रेस इलामको माग



इलाम: फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्षद्धारा काँग्रेसका कार्यकतामाथि भएको कुटपीटको घटनाप्रति नेपाली काँग्रेस इलामको गम्भिर ध्यानकर्षण भएको छ ।  गाउँपालिकाकी उपाध्यक्ष सरस्वती (सरु) राईले गत चैत्र १८ गते पालिकाका अध्यक्ष रामकुमार श्रेष्ठको कक्षमा पसेर सोही पालिकाका वडा नम्बर १ का कृष्णबहादुर खड्कामाथि कुटपिट भएको थियो । उपाध्यक्ष राईको कुटपिटबाट घाईते खड्का काँग्रेस फाकफोकथुम गाउँपालिकाका सदस्य हुन् । राईको कुटाइबाट खड्का घाईते भएको घटनाप्रति काँग्रेस इलामले बिज्ञप्ति जारी गर्दै घोर भत्र्सना गरेको छ ।

पालिकाका अध्यक्ष श्रेष्ठसंग आन्तरीक छलफल भइरहेको समयमा पालिकाका उपाध्यक्ष राई एक्कासी प्रबेश गरी गाली गलौज गर्दै खड्कामाथि आक्रमण गरेको भन्दै पिडक राईलाई तत्काल  कानुनी कठघरामा ल्याई कार्वाही गर्न र पिडीतलाई उचित न्याय दिनुपर्ने माग काँग्रेस इलामका सभापति डम्बर खड्काद्धारा हस्ताक्षरीत बिज्ञप्ति मार्फत माग गरीएको छ । सो गाउँपालिकामा मौसमी कामदार कोरिया पठाउने विषयमा उत्पन्न विवादका क्रममा राईले खड्कामाथी कुटपिट गरेको बताइन्छ । यता उपाध्यक्ष राईले चुनावको मुखमा ‘भए÷नभएका अरूका कमजोरी’ आफूमाथि लाद्ने प्रयास गरिएको र अश्लील शब्दसमेत प्रयोग गरिएकाले आफूले प्रतिकार गरेको जनाईन  ।

फाकफोकथुम गाउँपालिका र दक्षिण कोरियाको इन्जे काउन्टीबीच गत पुस २४ मा सम्झौता भइ यहाँबाट मौसमी ट्रेनी कामदार कोरिया लैजाने सहमति भएको थियो । गाउँपालिकाले गत फागुन १६ मा सूचना निकालेर मौसमी कामदारका रूपमा कोरिया जान चाहने युवाबाट आवेदन आह्वान गरेको थियो । कोरिया जान चाहने ४ सय ७७ युवाले युवाले गाउँपालिकामा आवेदन दिएका थिए । तिनीहरूमध्ये एक सय ५ जना छानिने गाउँपालिकाले बताएको थियो । तर, त्योभन्दा बढी संख्याका युवालाई जनप्रतिनिधिले सुटुक्क फोन गर्दै मेडिकल जाँचमा बोलाएको आरोप लगाउँदै अन्य युवा आन्दोलित बन्दै आएको छ ।

नयाँ बुलन्द

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ५ : १६ बजे