किरात समाचारः किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङ तथा गुरुमाता साबा पवित्रहाङमा लिङ्देनको कान्छी सुपुत्री थोक्फेला लिङ्देनले एमबिएको उपाधि प्राप्त गरेका छन् ।
गत चैत २० गते लिंकन युनिभर्सिटी कलेज मलेसिया अन्तर्गतका ११ वटा कलेजहरूको दिक्षान्त समारोह ललितपुरको गोदावरीमा सम्पन्न भएको समारोहमा थोकफेला लिङ्देन पनि उपाधि जितेकी हुन ।
शिक्षा मन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्य रहेको ललितपुरको गोदावरीमा सम्पन्न उक्त समारोहमा २५ सयभन्दा बढी विद्यार्थीहरू दीक्षित भएका थिए ।