किरात समाचार: माङसेबुङ गाउँपालिकाको आयोजनामा माङ्सेबुङ वडा नं. ४ को सार्वजनिक सुनुवाई कार्यक्रम मार्चेबुङमा सम्पन्न भएको छ । आज सोमबार वडा ४ को कार्यालयको हलमा सार्वजनिक सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
माङ्सेबुङ गाउपालिकाको आयोजनामा सार्बजनिक सुनुवाइ कार्यक्रममा वडा र गाउपालिका लाई प्रत्यक्ष चासो र गुनासो अभिमत राखेको थियोे । सेवा लिदै फर्किएका सेवाग्राहीहरु बाट बहिर्गमन मत ३० जनामा सोधपुछ गरिएको थियोे । नागरिक अभिमत पत्र तर्फबाट सबैलाई समेटेर ३० जनालाई ४८ वटा प्रश्न सोधपुछ गरिएको थियोे । जम्मा ६० जनामा नमुना सर्बेक्षण अभिमत संकलन गरिएको नागरिक अभिमत र बहिर्गमन अभिमत प्रतिबेदन सहजकर्ता राम योङहाङले प्रतिबेदन प्रस्तुत गरेका थिए ।
लगभग १ सयजना वडाबासीको उपस्थिती रहेको कार्यक्रममा ७ जना सेवाग्रहीहरुले वडा र गाउपालिका लाई प्रत्यक्ष चासो , सुझाव राखेको थियोे । कार्यक्रममा सेवाग्राहीबाट आशिष लिम्बू,गौचन राई , बलबहादुर राई, योगेस राई, अमरदिप राई,केन्द्रबहादुर राई लगायतले प्रश्न र सुझाव राखेको थियोे । प्रश्नकर्ताको प्रश्नको जवाफ वडा अध्यक्ष अमृत कुमार राई र गाउँपालिकाका प्रतिनिधि हिमाल खनालले दिएका थिए ।
सेवाग्राहीहरुको उत्तरदाताको रूपमा वडा ४, का अध्यक्ष अमृतकुमार राई र सेवा प्रदायक उत्तरदाताको रूपमा माङ्सेबुङ गाउपालिकाको प्रतिनिधि हिमाल खनाल रहेको थियो । यसैगरी टिप्पणीकर्ताहरु अतित योङहाङ र वडा सदस्यहरु गोमादेवी बिक , बिष्णुकुमारी लिम्बू रहेको थियोे । नागरिक प्रतिवेदन पत्र र बहिर्गमन अभिमतको नतिजा, सेवा प्रवाहका सम्बन्धमा प्राप्त चासो , गुनासो र सुझावहरु माथी वडा अध्यक्ष र गाउपालिका प्रतिनिधिले जवाफ दिएको थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण बुलन्द मल्टिटेक्निकल मिडिया प्रालि इलामले गरेको थियो भने रेडियो माङ्सेबुङ १०४.६ मेगाहर्ज र किरात समाचारको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण भएको थियोे ।