२६ असार २०८२, बिहिबार | Fri Jul 11 2025

पान्थरको माङजाबुङमा माङ सवार हुँदै



किरात समाचारः  किरात धर्मगुरु मुहिङगुम अङसिमाङ आत्मानन्द लिङदेन सेइङ तथा अङसिमामाङ साबा पवित्रहाङमा लिङदेन माङजाबुङ माङसवार हुने भएको छ ।

बुधबार (भोलि) पान्थरको कुम्मायक गाउपालिका २ लामाटार स्थित किरात याक्थुङ सेर्मा सन्जुम्भोको चौथो महाधिवेशन तथा दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलनमा किरात धर्मगुरु मुहिङगुम अङसिमाङ आत्मानन्द लिङदेन सेइङ तथा अङसिमामाङ साबा पवित्रहाङमा लिङदेन माङसवार हुनेभएको हो ।

सेर्मा सङ्जुम्भोको आयोजनामा हुन गईरहेको कार्यक्रममा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनले टेक्नुभएको ऐतिहासिक स्थल थेङ्गेन्चोङ कोक्मा ( सुम्हात्लुङ ) अवलोकन, सेर्मा तुम्याहाङ प्रतिमा अनावरण , सेर्मा संग्रहालय शिल्यान्यास, सेर्मा बंशावली बिमोचन गर्न किरात धर्मगुरु दम्पति सो स्थानमा जाने भएको हो ।

सो सम्मेलनमा माननीय पुर्व संघिय भौतीक तथा योजनामन्त्री वसन्त कुमार नेम्बाङ, १ नम्बर प्रदेश माननीय अर्थ तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो,नेपाली कांग्रेस सहमहामन्त्री बिष्मराज आङ्देम्बे,संघिय लोकतान्त्रिक राष्ट्रिय मंच अध्यक्ष कुमार लिङ्देन,राष्ट्रिय प्रजातन्त्र पार्टी नेता सगुन लावती , जसपा नेता खगेन्द्र माखिम लगायतको उपस्थिति रहने आयोजकले जानकारी दिए।

कार्यक्रममा किरात धर्मका सर्बोच्च संस्था किरात चोत्लुङ अङसिमाङगेन्ना सेवाका अध्यक्ष केहेरसिं योङहाङ,किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम,गुरु पूर्व निजी सचिव नविन लिङदेन माङमिङसोहाङ, गुरु निजी आश्रम कृषि समितिका प्रतिनिधि, ,लगायतको प्रतिनिधिहरुको उपस्थिति रहने आयोजक समितीले किरात समाचारलाई जानकारी दिए ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १ : ४० बजे