१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

टोल विकासलाई नेतृत्व विकास तालिम



किरात समाचार : इलामको माङसेबुङ गाउँपालिका ५ का टोल विकास संस्थालाई नेतृत्व विकास तालिम दिएको छ ।

माङसेबुङ गाउँपालिका ५ नं. वडा कार्यालयको सहयोगमा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिले आयोजना गरेको तिन दिवसीय तालिमको समापन मंगलबार भएको छ ।

तालिममा टोल विकास संस्थाका ३० जना बढीको सहभागिता थियो । तालिमका सहभागीहरुलाई माङसेबुङ गाउँपालिकाका प्रशासन प्रमुख उपेन्द्र पौड्याल र आङबुहाङ अबोध अविरलले सहजीकरण गरेका थिए । तालिम सरस्वती माविको सभाहलमा भएको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  २ : २० बजे