२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

याक्थुङ मुन्चइत चोक सयङ १ नम्बर प्रदेश अध्यक्षमा भुपेन्द्र तुम्बाहाङ्फे



किरात समाचार : याक्थुङ मुन्चइत चोक सयङ लिम्बुवान  प्रदेश तदर्थ समिति गठन भएको छ ।

शुक्रबार झापाको दमक स्थित गोर्खा डिपार्टमेन्टको सभाहलमा याक्थुङ मुन्चइत चोक सयङ केन्द्रीय समितिको आयोजनामा, वरिष्ठ चलचित्र निर्देशक नबीन सुब्बा मुसाहाङको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले भुपेन्द्र तुम्बाहाङ्फेको अध्यक्षतामा १७ सदस्यीय याक्थुङ मुन्चइत चोक सयङ लिम्बुवान प्रदेश तदर्थ समिति चयन गरेको हो ।

 

समितिको उपाध्यक्षमा इन्दिरा नेम्बाङ, सचिवमा चेतन आङथुप्पो डर, सहसचिवमा मिना नेम्बाङ, सुमन कुरुम्बाङ र कोषाध्यक्षमा अनिश लाओती निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा क्रमशः राजन पङ्धाक झापा, रिमा कन्दङ्वा झापा, दीप केरुङ सुनसरी, कृति मिभक सुनसरी, बन्दना फेवदेन मोरङ, नुनाम केरुङ पान्थर, अमिर थक्लुङ संखुवासभा, टि.आर. सेनेहाङ तेरथुम, प्रकाश सावादेन इलाम, मनकुमार योङहाङ इलाम रहेका छन् ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङ झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाक, याक्थुङ लेखक संघ केन्द्रीय कोषाध्यक्ष साङसेन पंधाक, संचारकर्मी, गीतकार तथा निर्देशक आन्छुमे नसान, संचारकर्मी मुसाहाङ अम्याङसा, कलाकार राजकुमार आङ्देम्बे, मिलन लावती लगायत लिम्बू चलचित्रकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम याक्थुङ मुन्चइत चोक सयङ केन्द्रीय अध्यक्ष सूर्य प्रकाश चेम्जोङको अध्यक्षतामा, केन्द्रीय महासचिव वनेम विक्रम फागोले संचालन गरेका थिए । यसैगरि सोहि अवसरमा तीन दिने कर्यशाला गोष्ठीको समेत आयोजना गरिएको छ । बिहिबार, शुक्रबार र शनिबार तीन सम्म हुने कार्यशाला गोष्ठीमा याक्थुङ चलचित्र निर्माण सम्बन्धी बरिष्ठ चलचित्र निर्देशक नविन सुव्वाले सहजिकरण गरेका छन् ।

 

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ३ : ५१ बजे