किरात समाचर :संचारकर्मी तथा गीतकार आन्छुमे नसानको शव्दभावहरुमा कलाकार तथा निर्देशक दिनेश माङमु लिम्बूद्वारा निर्देशित लिम्बू भाषाको प्रेमिल गीत ‘पान्थरेनी’को भिडियो सार्वजनिक गरिएको छ ।
गायीका गंगा फियाक लिम्बू र गायक जसु थेबे लिम्बूको सुमधुर आवाजमा संगीतकार सेमिहाङ सिंगकको संगीतमा सजिएको लिम्बू भाषाको प्रेमिल गीत ‘पान्थरेनी’को भिडियो गायीका गंगा फियाकको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
पान्थरेनी र चारखोले तरेमा तरेबाहरुको माया प्रेमलाई प्रस्तुत गरिएको भिडियोमा समिर सुव्वा(एलिस), सुनिता चेम्जोङ(तीनघरे कान्छी), एम.के. योङहाङ र कुसुम लिम्बूको अभिनय रहेको छ ।
टेकेन्द्र यक्सोको संगीत संयोजन रहेको गीतको भिडियोमा कृष्ण सुबेदीको मेकअप, देवराज सिग्देल(मोती)को छायाँकन तथा अनिल रानाको सम्पादन रहेको छ ।
भिडियो हेर्नुहोस https://youtu.be/co90EuLRXlg