किरात समाचार : भोजपुरको षडानन्द १ मा बहुधार्मिक महायज्ञ अनुष्ठान सम्पन्न भएको छ । ओमकार शक्तिपिठ को प्रमुख आयोजनामा भोजपुरमा पहिलो पटक बहुधार्मिक महायज्ञ अनुष्ठान भएको हो ।
गत चैत्र २३ गतेदेखि २८ गतेसम्म चलेको उक्त महायज्ञ अनुष्ठान सेवा आराधनामा हिन्दु,किरात,बौद्व र हेभेन्ली पाथ धर्मका धर्मावलम्बीहरुले संयुक्त रूपमा भोजपुरको षडानन्द -१ मृगस्थली सोमबारेमा आ-आफ्नो धार्मिक विधि अनुसार बिश्वशान्तीको लागि सेवा आराधना गरेका थिए ।
यसैगरी महायज्ञ अनुष्ठानमा विभिन्न जिल्लाबाट आएका किरात,हिन्दु,बौद्ध ,हेभेन्ली पाथ लगायत धर्मका हजारौं भक्तजनहरुको उपस्थिती रहेको थियो ।