माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानको विदाई भएको छ । झण्डै दुई वर्षदेखि माङसेबुङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पदमा रहेका चौहानको सोमबार विदाई भएको हो ।
कर्मचारीको नियमित प्रशासनिक प्रक्रिया अनुसार प्रमुख प्रशासकीय अधिकृत चौहानको इलामकै रोङ गाउँपालिकामा सरुवा भएको छ । उनले सोमबार नै रमाना लिएका छन् ।
विदाई कार्यक्रममा माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले प्रमुख प्रशासकीय अधिकृत रुपमा चौहानको योगदान प्रशंसनीय रहेको बताए । उनले गाउँपालिकाको प्रशासनिक क्षेत्रमा मात्रै नभई विकासका अन्य क्षेत्रमा पनि प्रमुख प्रशासकीय अधिकृतको रुपमा चौहानको योगदान अतुलनीय रहेको बताए ।
कर्मचारीको नियमित प्रशासनिक प्रक्रिया अनुसार प्रमुख प्रशासकीय अधिकृत चौहानको सरुवा भएको भन्दै अध्यक्ष राईले चौहानको काममा सफलताको शुभकामना व्यक्त गरे ।
माङसेबुङ गाउँपालिकाले आयोजना कार्यक्रममा उपाध्यक्ष विनोद नेम्बाङ, माङसेबुङमा सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत दिलशेर राईसहित जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
Nayabulanda.com