४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

सिरिजङगा माङ्हिम निर्माणमा हेमकुमारी थक्लुङद्धारा आर्थिक सहयोग



किरात समाचार : उर्लाबारी नगरपालिका वडा नम्बर ८ अठियाबारि स्थित रहेको त्येअङ्सी सिरिजङगा मिङ्सो माङहिम निर्माणको लागि आर्थिक सहयोग गरेको छ । त्येअङ्सी सिरिजङगा मिङ्सो युमा माङ्हिम निर्माण समिती द्धारा निर्माणाधीन माङहिमको लागी धरान निवासी हेमकुमारी थक्लुङ लिम्बुले १ लाख १ हजार ५१ रुपैया आर्थिक सहयोग प्रदान गरेको हो ।

दानविरदाता लिम्बुले मन्दिर निर्माणमा लगाइने एकथान गजुर सहित आर्थिक सहयोग दिएको हो । गत बैशाख २ गते सहयोग रकम माङ्हिम निर्माण स्थलमा स-परिवारको साथमा हेमकुमारी थक्लुङ लिम्बुले माङहिम ब्यवस्थापन समितिको अध्यक्ष खड्ग बहादुर थेबेलाई हस्तान्तरण गर्नु भएको हो । त्येअङ्सी सिरिजङगा माङ्हिम निर्माणमा लिम्बुले गरेको आर्थिक सहयोगको उच्च कदर तथा प्रसंसा गर्दै समितिको तर्फबाट धन्यवाद व्यक्त गरेको छ ।

माङहिम किरात अष्टकोण शैलीमा धार्मिक तथा सांस्कृतिक रुपले निर्माण गरिने र सिरिजङगाको शालिक साथै अन्य आवश्यक भौतिक पुर्वाधारहरु सहयोगदाता दानविरहरुले समितीको नियमनुसार बनाउन सक्ने माङहिम निर्माण समितिका अध्यक्ष खड्ग थेबेले जानकारी दिए ।

 

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १० : २५ बजे