८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

सावादेन दम्पतिले २० लाख खर्च गरेर ओत् माङलुङ मल्टिपर्पोज शुभराम्भ गर्दै



किरात समाचारः माङसेबुङका गायक तथा गीतकार प्रकाश सावादेनदम्पतिले करिव २० लाख खर्च गरेर ओत् माङलुङ मल्टिपर्पोज शुभाराम्भ गर्ने भएको छ ।

बुधबार माङसेबुङ गाउपालिकाको वडा नं. ५ स्थित लासिबुङको निजी निवासमा ओत् माङलुङ मल्टिपर्पोज शुभराम्भ गर्ने भएको हो ।

मल्टिपर्पोजमा बहुमुल्य पथर साथै राशी अनुसारको औठी, जिमाला, सिमाला, स्फटिक माला, रुबी निलम पन्ना, टोवाज, ओपल, एक्युमेरिङ, क्वार्ज, मुगा, पुष्पाराज लगायतका सामाग्री पाइने भएको छ ।

इलामको सन्दकपुर गाउपालिकाबाट जनयुद्धताका परिवार छाडेर सावदेनदम्पति माङसेबुङ आएका हुन । उनीहरुले जिन्दगीलाई चलाउन विभिन्न उतरचढाबहरु भोग्नुपरेको तितो यथार्थ सुनाउछन् । सावादेन थप्छन् माङसेबुङ आएर कहिले सामाने मेला, कहिले फुङसेङ मेलामा धाएर जिवन गुर्जायौं । यसको महत्वपूर्ण भूमिका श्रीमति देबिका बुङछेनको रहेको पनि बताए ।

पछिलो समय समस्या जस्तो भएपनि किरात धर्म र संस्कृतिलाई चिनाउनका लागि गीत संगितको माध्यमबाट दर्जनभन्दा बढी गीत गाए, लेखेका पनि छन् ।
मल्टिपर्पोजले ग्राहकलाई आवश्यक सेवा सामग्री घरसम्मपनि पुर्याएर सेवादिने बताए ।

किरात पोसाक तागा मेख्ली, विभिन्न प्रकारका माङसेबुङको मायाको चिनो, समेत पाइनेछ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ४ : १३ बजे