किरात समाचार : माङ्सेबुङ गाउपालिका वडा नं. ३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आज बुधबार वडा ३ को सार्वजनिक सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम वडा कार्यालयको हल चतुरेमा सम्पन्न भएको हो ।
माङ्सेबुङ वडा ३, को आयोजनामा सार्बजनिक सुनुवाइ कार्यक्रममा वडा र गाउपालिका लाई प्रत्यक्ष चासो र गुनासो अभिमत राखेको थियोे । सेवा लिदै फर्किएका सेवाग्राहीहरु बाट बहिर्गमन मत र नागरिक अभिमत पत्र नमुना सर्बेक्षण अभिमत संकलन गरिएको प्रतिबेदन सहजकर्ता राम योङहाङले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उपस्थित ८ जना सेवाग्रहीहरुले वडा र गाउपालिका लाई प्रत्यक्ष चासो , सुझाव राखेको थियोे । कार्यक्रममा सेवाग्राहीबाट आइतराज साम्बा लिम्बू, सबिन राई , डिल्ली कुमार राई , ज्ञान् बहादुर राई ,मोनिहाङ राई ,बल बहादुर काफ्ले ,देउमान साम्बा लिम्बू ,चन्द्र साम्बा लिम्बू लगायतले प्रश्न र सुझाव राखेको थियोे । प्रश्नकर्ताको प्रश्नको जवाफ वडा अध्यक्ष मैतराज राईले दिएका थिए ।
सेवाग्राहीहरुको उत्तरदाताको रूपमा वडा ३, का अध्यक्ष मैतराज राई रहेको थियो । यसैगरी टिप्पणीकर्ताहरु मचिन्द्र योङहाङ र वडा सदस्यहरु इन्द्र सङ्बाहाङ्फे रहेको थियोे । नागरिक प्रतिवेदन पत्र र बहिर्गमन अभिमतको नतिजा, सेवा प्रवाहका सम्बन्धमा प्राप्त चासो , गुनासो र सुझावहरु माथी वडा अध्यक्षले जवाफ दिएको थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण बुलन्द मल्टिटेक्निकल मिडिया प्रालि इलामले गरेको थियो भने रेडियो माङ्सेबुङ १०४.६ मेगाहर्ज र किरात समाचारको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण भएको थियोे ।