६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

इलाममा पाँच दलीय गठबन्धनको टुङ्गीयो भागबण्डा ( सुची सहित )


८ बैशाख २०७९, बिहिबार  

322
Shares

किरात समाचार : सत्ता गठबन्धनले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि इलाम जिल्लाका स्थानीय तहमा भागबण्डा टुंग्याएको छ । इलाम जिल्लाको १० स्थानीय तहहरु इलाम नगरपालिका , माङ्सेबुङ गाउपालिका , चुलाचुली गाउपालिका , सन्दकपुर गाउपालिका , माई नगरपालिका, रोङ गाउपालिका , फाकफोकथुम गाउपालिका,देउमाई नगरपालिका ,सुर्यदय नगरपालिकामा भागबण्डा टुङ्ग्याएको हो ।

नेपाली कांग्रेसले ७ प्रमुख / अध्यक्ष र ३ उपप्रमुख/उपाध्यक्ष माओवादी केन्द्रले १ प्रमुख र ३ उपाध्यक्ष एकिकृत समाजवादीले २ प्रमुख/अध्यक्ष र १ उपप्रमुख/ उपाध्यक्ष तथा जनता समाजवादी पार्टीले १ वटा उपप्रमुख/ उपाध्यक्ष  भागबण्डामा परेको छ । इलाम जिल्लामा पाँच दलको गठबन्धन बनेको छ ।

यस्तो छ इलामको १० स्थानीय तहमा पाँच  दलिय गठबन्धनको भागबन्डा

इलाममा पाँच दलिय गठबन्धनद्दारा स्थानीय तह एवं अध्यक्ष/प्रमुख र उपाध्यक्ष/उपप्रमुख वाडफाडमा सहमती

१. माइ नगरपालिका
अध्यक्ष/प्रमुख : नेकपा (माओवादी केन्द्र)
उपाध्यक्ष/उपप्रमुख : नेपाली काङ्ग्रेस

२. सुर्योदय नगरपालिका :
अध्यक्ष/प्रमुख : नेकपा (एकीकृत समाजबादी)
उपाध्यक्ष/उपप्रमुख : नेपाली काङ्ग्रेस

३. इलाम नगरपालिका
अध्यक्ष/प्रमुख : नेपाली काङ्ग्रेस
उपाध्यक्ष/उपप्रमुख : नेपाली कांग्रेस

४. देउमाइ नगरपालिका
अध्यक्ष/प्रमुख : नेपाली काङ्ग्रेस
उपाध्यक्ष/उपप्रमुख : नेकपा (माओवादी केन्द्र)

५. फाकफोक थुम गाउँपालिका
अध्यक्ष/प्रमुख : नेपाली काङ्ग्रेस
उपाध्यक्ष/उपप्रमुख : नेकपा (माओवादी केन्द्र)

६. माङ्सेबुङ गाउँपालिका
अध्यक्ष/प्रमुख : नेपाली काङ्ग्रेस
उपाध्यक्ष/उपप्रमुख : जनता समाजवादि पार्टी

७. चुलाचुली गाउँपालिका
अध्यक्ष/प्रमुख : नेपाली काङ्ग्रेस
उपाध्यक्ष/उपप्रमुख : नेकपा (माओवादी केन्द्र)

८. माइजोगमाइ गाउपालिका:
अध्यक्ष/प्रमुख : नेकपा (एकीकृत समाजबादी)
उपाध्यक्ष/उपप्रमुख : नेपाली काङ्ग्रेस

९. रोङ गाउपालिका
अध्यक्ष/प्रमुख : नेपाली काङ्ग्रेस
उपाध्यक्ष/उपप्रमुख : नेपाली काङ्ग्रेस

१०. सन्दकपुर गाउपालिका :
अध्यक्ष/प्रमुख : नेपालि काङ्ग्रेस
उपाध्यक्ष/उपप्रमुख : नेकपा (एकीकृत समाजबादी)

 

 

 

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ५ : २१ बजे