६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

गठबन्धनबाट इलाममा जनता समाजवादी पार्टी बाहिरिन सक्ने संकेत



किरात समाचार: स्थानीय तहको निर्वाचन इलाम जिल्लामा सत्ता गठबन्धनभित्र रहेका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जनमोर्चाले १० वटा स्थानीय तहको प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष बाँडफाड गरिसकेको सार्वजनिक गरेको छ ।

इलाम जिल्लाको १० वटा स्थानीय तहमा जनता समाजवादी पार्टीनेपाललाई भने कुनै पनि स्थानीय तहको प्रमुख वा अध्यक्ष दिइएको छैन । इलामको स्थानीय तहमध्ये माङसेबुङ गाउँपालिकाको उपाध्यक्षसहित जिल्लाभरीमा ७ वटा वडाध्यक्ष र २५ वटा सदस्यको प्याकेजमा सहमति भइसकेको र अन्य वडा र वडा सदस्यमा चार दलको सहमतिमा टुङ्गो लगाउने निर्णय भएको जनता समाजवादी पार्टी ले गरेको छ ।

जसपा नेता बिनोद नेम्बाङले समाजिक संजालमा इलाममा पाँच दलीय गठबन्धन पनि संकटमा भनेर सामाजिक सञ्जाल फेसबुकमा स्टाटस नै लेखेका छन् । यससँगै गठबन्धनबाट इलाममा जनता समाजवादी पार्टि बाहिरिन सक्ने संकेतका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ५ : ३४ बजे