१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

नेकपा एमालेले इलामका सबै स्थानिय तहमा उम्मेदवारको टुंगो लगायो



इलाम : यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले इलामका सबै स्थानिय तहमा उम्मेदवारहरुको टुंगो लगाएको छ ।

इलाम नगरपालिकामा मेयर पदमा नरेन्द्रनाथ भट्टराई र चित्रमाया गुरुङको नाम टुंगो लगाइएको हो । त्यस्तै माई नगरपालिकामा खम्बसिंह लिम्बू र उपमेयरमा हिमा भण्डारी र सूर्योदय नगरपालिकामा मेयर पदमा काजीमान कागते र उपमेयरमा दुर्गादेबी भट्टराईले उम्मेद्धारी दिनुहुने भएको छ । त्यस्तै देउमाई नगरपालिका एमालेका तर्फबाट पुरानै उम्मेद्धारको टुंगो लागेको छ । मेयर पदमा सूर्यप्रसाद पोख्रेल र उपमेयरमा पविमाया राईले उम्मेद्धारी दिनुहुने भएको छ ।

सन्दकपुर गाउँपालिकामा समेत पुरानै उम्मेद्धारले मौका पाउनु भएको छ । अध्यक्षमा उदय राई र उपाध्यक्षमा शोभा राईले उम्मेद्धारी दिनुहुने भएको छ । चुलाचुली गाउँपालिकामा अध्यक्षमा ओम नारायण खनाल र उपाध्यक्षमा दिलु लावतीले टिकट पाउनु भएको छ ।
यसैगरी माङ्सेबुङ गाउँपालिकामा अध्यक्षमा हेमन्त राई उपाध्यक्षमा सुनिता सुब्बाले टिकट पाएको छ । फाकफोकथुम गाउँपालिकामा अध्यक्षमा दिपेन्द्र खनाल र उपाध्यक्षमा कल्पना राईले टिकट पाएका छन् भने रोङ गाउँपालिकामा मेहेरमान तामाङ र बिष्णुमाया खवासले टिकट पाउनु भएको छ । माईजोगमाई गाउँपालिकामा कुशबहादुर थेवेले अध्यक्षमा  र उपाध्यक्षमा पुरानै उम्मेद्धार सावित्रा भट्टराईले टिकट पाउनु भएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १२ : ४५ बजे