किरात समाचार : किरात धर्मको दर्शनदाता समाजसुधारक महागुरु फाल्गुनन्द लिङ्देनले आफ्नो जिवनकालमा स्थापना गर्नुभएको माङ्हिम अवलोकन भ्रमण गर्न एक टोलि गएकाछन ।
किरात कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाका अध्यक्ष राजु इधिङ्गो सचिब मिरा लोहोरुङ राइको टोलि अवलोकन भ्रमणमा गएको हो ।
टोलिमा पुर्व गुरु निजि सचिब माङमिङ्सोहाङ लिङ्देन, नालिफुङ्वाका पुर्व सचिब रानिटारे साइला भगिहाङ नेम्बाङ, माङमिङ्सोहाङका परिवार माङ्गेन्ना श्रेष्ठ, हाङसाम लिङ्देन, नानुहाङमा लिङ्देन, अमेरिकाबाट इन्द्र राइ, परु राई, किरात समाचारका कार्यकारी सम्पादक सुमन लाओतीगरि १० जना हिडेका छन ।
अवलोकन हुने स्थानहरु गुरुआमा साम्बा पवित्रहाङमा लिङदेन जन्मस्थल उतरे, चुक्चिनाम्बा, डाडागाउ, आगोटेबारी, फुलुङगी, खत्रक्पा, जितपुर नाम्भुङयक माङहिम, महागुरुले पानी उमार्नु भएको स्थान, लब्रेकुटी, सिलौटी, महागुरु समाधिस्थल ध्वाजेडाडा, काबेली, निगुरादेनलगायतको स्थानमा भ्रमण अवलोकन हुने जानकारी दिए ।
भ्रमणको सुरुआत किरात धर्मगुरु मुहिङ्गुम अङ्सिमाङ आत्मानन्द लिङ्देन सेइङ तथा अङसिमामाङ साम्बा पवित्रहाङमा लिङ्देनहरुलाइ भेटदर्शन गरेर सुरु भएको टोलिका प्रमुख माङमिङ्सोहाङ लिङ्देनले किरात समाचरलाई जानकारी दिनुभयो ।