मनाङ : मनाङ जिल्लाको नेस्याँङ गाउँपालिका वडा नं.९ खाङसारको वडाध्यक्ष पदमा च्योल्पा गुरुङ निर्वाचित भएको छ । नेकपा माओवादी केन्द्रमा आवद्ध रहेका गुरुङ निर्विरोध निर्वाचित भएको हो ।
यसैगरी सदस्यहरु अनिल गुरुङ, धनबहादुर गुरुङ, महिला सदस्य रिया गुरुङ र दलित महिला सदस्य सुष्मिता सेन्चुरी स्वतन्त्र उमेदवारहरु पनि निर्विरोध निर्वाचित भएका हुन् । उनीहरुलाई वडा वासीको संयुक्त भेलाले जनप्रतिनिधिको रुपमा निर्विरोध निर्वाचित गरेको हो ।