२ असार २०८१, शनिबार | Sat Jun 15 2024

माङ्सेबुङमा गठबन्धनबाट अध्यक्षमा इधिङगो र उपाध्यक्षमा नेम्बाङको उम्मेदवारी दर्ता



किरात समाचार : बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि सत्ता गठबन्धनले माङ्सेबुङ गाउपालिका अध्यक्ष र उपाध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गराएको छ । गठबन्धनको निर्णय अनुसार नेपाली कांग्रेसको भागमा अध्यक्ष र उपाध्यक्ष जनता समाजवादी पार्टी,नेपालको भागमा परेको छ ।

आज सोमबार सोही अनुसार अध्यक्ष पदमा नेपाली काङ्ग्रेसबाट डिकेन्द्र इधिङ्गो र उपाध्यक्षमा जनता समाजवादी पार्टी,नेपालबाट बिनोद नेम्बाङले उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनका उम्मेदवारहरूले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज उम्मेदवारी दर्ता गराएका हुन् ।

०७४ स्थानीय तह निर्वाचनमा माङसेबुङ गाउँपालिकामा
एमालेबाट उम्मेदवार बनेका हेमन्त राईलाई पराजित गर्दै गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डिकेन्द्र इधिङ्गोले ३ हजार ७५९ मत प्राप्त गरेर अध्यक्ष निर्वाचित भएका थिए । यसैगरी यस अघिको निर्वाचनमा नेकपा एमालेकी उपाध्यक्ष सुनिता सुब्बासंग पराजित भएका कांग्रेस – समाजवादी गठबन्धनका विनोद नेम्वाङले २ हजार ७७१ मत पाएका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ३ : १६ बजे