किरात समाचार : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि माङ्सेबुङ गाउपालिकामा नेकपा एमालेबाट अध्यक्ष र उपाध्यक्ष पदको लागि उम्मेदवारले मनोनयन दर्ता गरेको छ ।
पालिका अध्यक्षमा उम्मेदवार हेमन्त राई र उपाध्यक्ष पदमा सुनिता सुब्बाले सोमबार मनोनयन दर्ता गराएकी हुन् ।निर्वाचन अधिकृतको कार्यालय इभाङमा पुगेर मनोनयन दर्ता गराएका थिए ।
अध्यक्ष पदका उम्मेदवार राई नेकपा माङ्सेबुङ कमिटीको अध्यक्ष हुन भने सुब्बा सचिब हुन । यस अघिको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेका हेमन्त राई कांग्रेसका उम्मेदवार डिकेन्द्र इधिङ्गोसंग पराजित भएका थिए । पुनः राईले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । यसैगरी नेकपा एमालेले माङसेबुङ गाउपालिका उपाध्यक्षमा सुनिता सुब्बा लाई नै दोहोर्याएकी छ । सुब्बाले यस अघिको निर्वाचनमा काँग्रेस–संघीय समाजवादी फोरम गठबन्धनका विनोद नेम्वाङलाई पराजित गर्दै उपाध्यक्ष निर्वाचित भएकी थिइन् । सुनिता सुब्बाले ३ हजार ८९ मत ल्याएकी थिइन् ।