३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

माङ्सेबुङ –६ मा एमाले वडासदस्य धनकुमारी बि.क निर्विरोध निर्वाचित



किरात समाचार : माङ्सेबुङ गाउँपालिकामा नेकपा एमालेका एक उम्मेदवार निर्वाचित भएका छन् ।  माङ्सेबुङ गाउँपालिका वडा ६ मा दलित महिला वडा सदस्य पदमा धनकुमारी वि.क. एक जनाको मात्रै उम्मेदवारी परेसँगै ऊनी निर्विरोध निर्वाचित भएकी हुन् ।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन–२०७९ का लागि वैशाख ११ र १२ गते राखिएको उम्मेदवार मनोनयनको क्रममा माङ्सेबुङ वडा –६ को दलित महिला सदस्यमा एमालेकी उम्मेदवार धनकुमारी वि.क. को मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृत डिल्लीराम सुबेदीले बताए । निर्वाचन आयोगले आवश्यक प्रक्रिया पुरा भएपछि उनलाई विजयी घोषणा गर्नेछ ।

 

 

 

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ४ : ०१ बजे