१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

सरकारको निर्णय : शनिबार र आइतबार सार्वजनिक विदा दिने



काठमाडौ : सरकारले हप्तामा दुई दिन सार्वजनिक विदा दिने भएको छ । मन्त्रीपरिषदको मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । शनिबार र आइतबार सातामा दुईदिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

आगामी जेठ १ गतेदेखि लागू हुने गरी विहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गरिएको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हाललाई परीक्षणकालागि कार्यालय समय बढाएर विहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म कायम गर्ने तथा शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय भएको बताए ।

 

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ९ : ५७ बजे