६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

माङ्सेबुङ – ४ मा स्वतन्त्रबाट वडाध्यक्षमा आशिष लिम्बुको उम्मेदवारी



किरात समाचार : बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि स्वतन्त्र उम्मेदवार आशिष लिम्बुले माङ्सेबुङ गाउपालिका वडा – ४ मा उम्मेदवारी दर्ता गरेका छन् । सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर लिम्बुले वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

स्वतन्त्र उम्मेदवार लिम्बुले भने युवाहरुको वाध्यत्मक स्थिती युवाहरु जोडिएर अभियानमा रहेको बताए । उनलेे भने माङ्सेबुङ – ४ मा विकास निर्माण , सेवा सुविधा अनेक चिजमा एकलौटी,असमानता रूपमा वडाबासिको कमजोर राजनीतिक चेतको फाइदा लिदै जुनप्रकारको ब्रम्मलुटको विरुद्ध उम्मेदवारी दिएको बताए । उनलेे भने अलिकति तल गयो बिजुली छ अलिकति माथी गए बिजुली छ। तर, यहि बीचमा बिजुली छैन खानेपानी , सडक , शिक्षा , पर्यटन कृषि ,बिजुली,रोजगार र स्थानीय उत्पादनको उचित मूल्य छैन , बर्सेनि आउने करोडौं बजेटको सहि सदुपयोग नभएको बताउदै युवाहरुले स्पष्ट भिजन लिएर जाने कुरा बताएका छन् ।

तपाईंले चुनाव जित्ने सम्भावना कतिको छ ? भन्ने प्रश्नमा लिम्बुले भने स्वतन्त्रले एमाले र सत्तागठबन्धनको भोट काट्ने हो । वहाहरुको गलत क्रीयाकलापको भण्डारफोर गर्दै वहाहरु बाट भोट लिने हो। यहाँ कांग्रेसबाट टिकट पाउने कुरामा कांग्रेसमा असन्तुष्ट छ । नेकपा एमालेका धेरै असन्तुष्ट छ । जसपा गठबन्धनले गर्दा एउटा सदस्य मात्रै पाएकोले रुष्ट रहेको बताउदै त्यसो हुदा त्यहाबाट काटेर आउने भोटले हाम्रो जित सुनिस्चित रहेको बताए। उनले भने यो अभियानमा वडाबासी सबै जोडिएर मलाई विजयी गराउनेछन् भन्नेमा विश्वस्त छु ।’

सत्तागठबन्धनबाट वडाध्यक्ष पदमा नेपाली कांग्रेसबाट दिलकुमार राईले उम्मेदवारी दिएका छन । भने एमालेबाट वडाध्यक्ष पदमा नवीन योङ्हाङको उम्मेदवारी रहेको छ । गठबन्धनबाट जसपालाई एक वडासदस्य भागमा परेको छ । यहि बैशाख ३० गते हुने यसपालिको चुनावमा माङ्सेबुङ -४ मा गठबन्धन ,एमाले र स्वतन्त्र बीच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।

यस्तै आशिष लिम्बुसँगै उनको समूहबाट माङ्सेबुङ -४ को स्वतन्त्र उम्मेदवारहरु वडाअध्यक्ष आशिष जबेगु लिम्बू सदस्यहरु सुर्य राई जितेन्द्र लिम्बु महिला भिम माया योङ्हाङ दलित महिला तर्फ धन कुमारी बिश्वकर्मा रहेको छ । पछिल्लो समय युवाहरुमा लोकप्रिय छवि बनाएकोले माङ्सेबुङ वडा-४ मा लिम्बुको चर्चा चुलिदो छ । उनको समर्थकहरुले यसपटक स्वतन्त्रबाट चुनाव जित्ने समेत बताएका छन् ।

 

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ५ : ३२ बजे