२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024

किरात मोर्चाले स्वतन्त्र रुपमा उठेका उम्मेदवारहरुलाई सहयोग र समर्थन गर्दै



किरात समाचारः किरात मोर्चा नेपालले छाँया सरकार गठन गरि सम्पुर्ण स्थानिय चुनावमा प्रतिपक्षको भुमिका निर्वाह गर्ने धारणा सार्वजनिक गर्दै प्रेस बिज्ञप्ती जारी गरेको छ ।

स्वतन्त्र    रुपमा    उठेका   उम्मेदवारहरुलाई  समर्थन गर्दै भ्रष्टाचार,एम.सि.सी लगायत असमान सन्धी(सम्झौताहरु र छलकपट शास्त्रीय राजनितीक बेथिति, सत्य ,धर्म र न्याय को पक्षमा उभेर किरात सभ्यता अर्थात सत्ययुगिन चरित्र पुनस्स्थापनाको लागि किरात मुन्धुम दर्शनको जगमा देश बिदेशमा जनजागरण अभियान चलाईने किरात मोर्चा नेपालले आज बिहीवार प्रेस बिज्ञप्ती जारी गर्दै जनाएको छ ।

मोर्चाका अध्यक्ष मिसेकहाङ किरातद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तीको पुर्णपाठ

स्थानिय निर्बाचन सम्बन्धमा,
मुलुक स्थानिय निर्बाचनमय भैरहेको अवस्थामा जनताको लागि जनता दुवारा निर्बाचन मार्फत स्थानिय जनप्रतिनिधिहरु चुनिनु आफैमा लोकतान्त्रिक बिधीको उच्चतम प्रयोग हो। यधपी देश छलकपट शास्त्रीय चरित्रबाट ब्याबस्थापिका, कार्यपालिका र न्यायपालिका देखि स्थानिय जनप्रतिनिधिहरु नितीगत रुपमै भ्रष्टाचार,लुटपाटमा चुर्लुम्म डुबेको छ। सत्य,धर्म र न्यायको पक्षमा राज्यको आधिकारिक निकायहरु लोपउन्मुख भैसकेको छ। आन्तरिक राष्ट्रियता अनुत्पादक र बेथितिको ऋणमा उठ्नै नसक्ने गरि डुब्दै गर्दा असमान सन्धी सम्झौताको चाङ माथी एम।सि।सि। लगायतको राष्ट्र घाती सम्झौताहरु थप सदन देखि नै अनुमोदन हुनुले राष्ट्रिय सार्बभौमसत्ता माथी जटिल संकट पैदा भएको छ। किरातीहरुको भुमी धितोमा ,बैदेशिक ऋण लगानीको रुपमा, राज्य तथा राज्यदुवारा परिचालित ,संरक्षित र नियन्त्रित दलालहरु, सरकारी संस्थानहरु कमिसनखोर गिरोहको बैधानिक संस्थागत नाईके बनेको छ।

स्थानिय निर्बाचन सँगै मुलुकले भोगीरहेको संकटलाई गम्भिर रुपमा लिदै मुलुक प्रतिपक्ष बिहिन बनेकोले स्थानिय निर्बाचनमा भाग लिनु भन्दा किरात मोर्चा प्रतिपक्षको भुमिका निर्बाह गरि देश र जनताको रक्षार्थ महागठबन्धन दुवारा बनेको निर्बाचित जनप्रतिनिधिहरु लाई सचेत तुल्याउन छाँया सरकार गठन गरि राजनिती बेथिति र भ्रष्टाचार मुक्त सम्पन्न नेपाल निर्माण गर्न निरन्तर खबरदार गरिरहन्छ।
तसर्थ स्थानिय निर्बाचन प्रति किरात मोर्चा ले पार्टीको आधिकारिक धारणा यिनै प्रेस(नोट मार्फत सार्बजनिक गर्दछु । जारी बिज्ञप्तिमा  उल्लेख गरिएको छ ।

१. छाँया सरकार गठन गरि सम्पुर्ण स्थानिय निर्बाचित निकायहरुमा प्रतिपक्षको भुमिका निर्बाह गरिनेछ। भ्रष्टाचारको भण्डाफोर तथा निर्मुल अभियान सँगै एम।सि।सी। लगायत असमान सन्धी(सम्झौताहरु र छलकपट शास्त्रीय राजनिती बेथिति अन्त्य गर्न जनताको घरदैलो अभियान मार्फत प्रभाबकारी भुमिका निर्बाह गरिनेछ। देशको लागि आवाश्यक परे , जनताले महसुस गरे रैथाने प्रथाजनित कानुन अनुसार जन(सरकार आवास्यक्ता अनुसार गठन पनि गर्न सकिनेछ।

२. सत्य ,धर्म र न्याय को पक्षमा उभेर किरात सभ्यता अर्थात सत्ययुगिन चरित्र पुनस्स्थापनाको लागि स्वातन्त्र रुपमा उठेका उम्मेदवारहरुलाई साथ,सहयोग र समर्थन गरिनेछ।
३.  राजनितीलाई कमाण्ड गर्ने किरात मोर्चाको कार्यदिशा अन्तरगत क्रान्तिकारी उत्पादन ब्रिगेडहरु मार्फत आत्मानिर्भर,स्वाधिन अर्थतन्त्र,राष्ट्रिय सुरक्षा तथा सार्बभौमसत्ता र राष्ट्रिय एकता कायम राख्दै संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधानको मुल मर्मलाई जोगाउन किरात मुन्धुम दर्शनको जगमा देश तथा बिदेशमा जनजागरण अभियान चलाईनेछ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ५ : ४७ बजे