१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

माङ्सेबुङ ५ मा बहालवला राई र स्वतन्त्र उम्मेदवार सेलिङ भिड्दै



किरात समाचारः बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि स्वतन्त्र उम्मेदवार सुवदल सेलिङले माङ्सेबुङ वडा ५ मा उम्मेदवारी दर्ता गरेका छन् । सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सेलिङले वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

यसैगरी माङ्सेबुङ ५ को स्वतन्त्र उम्मेदवारहरुमा वडाध्यक्ष पदमा सुकदल सेलिङ सदस्यहरु आइत योङहाङ (अभिषेक) दलित महिला अमृता बि.क चन्द्र इङ्नाम , रनधोज सम्बाहाम्फे रहेको छ । नेपाली कांग्रेस पार्टिमा राजीनामा दिएर सेलिङले स्वतन्त्र उम्मेदवार दिएका हुन भने योङहाङले माओवादी केन्द्र माङ्सेबुङ गाउँ कमिटी सदस्यबाट राजीनामा दिएर स्वतन्त्र सदस्य पदमा उम्मेदवारी दिएका हुन ।

माङ्सेबुङ ५ मा सत्तागठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टीको तालमेल भएको छ । गठबन्धनले माङ्सेबुङ वडा ५ मा राष्ट्रिय जनमुक्ति पार्टीबाट प्यानल सहित नरेन्द्रकुमार राईले वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन । नेकपा एमालेले वडा ५ को निर्वाचनमा भाग लिएको छैन । यहि बैशाख ३० गते हुने यसपालिको चुनावमा माङ्सेबुङ ५ मा वडाध्यक्षको उम्मेदवार नरेन्द्रकुमार राई र स्वतन्त्र उम्मेदवार सुवदल सेलिङ बीच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ६ : १९ बजे