किरात समाचारः माङ्सेबुङ गाउपालिका वडा ५ मा गठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमुक्ति पार्टिका नरेन्द्रकुमार राईलाई चुनाव जिताउनको लागि स्वतन्त्र उम्मेदवारलाई नाम फिर्ता लिन सहमत गराउन सत्तागठबन्धन पार्टी लगायतका नेतालाई हम्मेहम्मे परेको छ ।
स्थानिय चुनावमा कांग्रेसबाट टिकट नपाए पछि असन्तुष्ट बनेका सेलिङले माङ्सेबुङ वडा ५ को स्वतन्त्र उम्मेदवार दिएका छन। सुवदल सेलिङले कांग्रेसबाट राजीनामा दिएर वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दिएका हुन् ।
स्थानीय तह २०७९ निर्वाचनको लागि उम्मेदवारी दिएकाहरुको अन्तिम नामावली आज प्रकाशित हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ । आजै बेलुका ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
स्थानिय तह निर्वाचनको कार्यतालिका अनुसार आज उम्मेदवारी फिर्ता दिने अन्तिम दिन भएकाले माङ्सेबुङ ५ बाट स्वतन्त्र उम्मेदवारि दिएकाहरुको नाम फिर्ता लिन सहमत गराउनको लागी गठबन्धन लगायतका नेताहरु थप सक्रिय भएर लागेका छन् ।