किरात समाचार : माङ्सेबुङ गाउपालिकाको वडा ५ को स्वतन्त्र उम्मेदवारी घोषणा गरेका सुवदल सेलिङले वडामा भएको बेथितिको विरुद्ध वडाको समृद्ध विकास र वडाबासिको चाहना, नेतृत्व परिवर्तनको जनभावनालाई सम्बोधन गर्न वडाध्यक्षको पदमा स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।
तपाईंको चुनावी एजेन्डा के छ, भन्ने प्रश्नमा सेलिङले भने साझा एजेन्डा लिएर चुनावी अभियानमा जाने बताए । कुनै पार्टी,धर्म संघसंस्थाको बिरोध होइन । उनले भने यहाँ प्रथम कुरा किरात धर्म र गुरु गुरुआमाको बिचार अनुसार विकास गर्ने प्रतिबद्धता जनाए । गुरु गुरुआमा हामी सवैको साझा हो । नरेन्द्र राईलाई जति माया गर्नुहुन्छ मलाई नि उतिनै माया गर्नु हुन्छ । उनले भने यदी चुनाव जितेको खण्डमा धर्मगुरुज्युको विचार काटेर अघि बढ्न नसक्ने पनि बताएका छन् ।
उनले भने यो पाँच वर्षमा वडाध्यक्षको कार्यकाल सकिन्दै गर्दापनि भालुटारको बुधबारे बजारमा बनेको यलम्बरको प्रतिमा समयमै निर्माण सम्पन्न गर्न नसकेकोमा निवर्तमान वडाध्यक्षको मिलेमतो र कार्यशैलीप्रती आरोप समेत लगाए । यहाँ एकलौटी तरिकाले गोजीका व्यक्ति पोस्ने परिपाटी छ ।’ सेलिङले भने म बौद्धिक ,क्षमतावान राजनितिज्ञ भएर चुनाव लडेको पनि होइन । तर, मैले बेथितिको विरुद्ध उम्मेदवारी दिएको हो ।
उनले चुनाव चिन्ह लिएर चाडै प्रतिबद्धता सहित चुनावी अभियान घरदैलोमा मतदाता सामु मत माग्न जाने बताए । अन्त्यमा उनले भने माङ्सेबुङ वडा ५ लाई भ्रष्टाचारमुक्त बनाउने, बेरुजु शून्यमा झार्ने, सडक,शिक्षा,खानेपानी,कृषि ,पर्यटन,किरात लिम्बू कामकाजी भाषा ब्यवहारिक कार्यन्वयन गर्ने, माङ्हिम (मठ मन्दिर) विकास निर्माण गर्ने प्रतिबद्धता जनाए । म वडा ५ लाई विकास गर्न चाहन्छु । मलाई एकपटक काम गरेर देखाउने अवसर दिन वडाबासी मदतदाताहरुलाई आग्रह गर्दछु । म कुनै आफुले पक्षपात बिना काम गर्ने बताए ।