१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

माङ्सेबुङ वडा नं ३ मा एमालेबाट उम्मेदवारी दिने यी हुन् उम्मेद्वार



किरात समाचार : स्थानीय तह निर्वाचन २०७९ मा नेकपा एमालेले माङ्सेबुङ वडा नम्बर ३ मा उम्मेद्वार दिएका छन् । यस अघिको अघिल्लो निर्वाचनमा वडासदस्य पदमा निर्वाचित भएका कुलबहादुर योङहाङ ( कविन्द्र ) यसपटक वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । वडासदस्य पदमा रहेर पाँच बर्षे कार्यकाल बिताएका योङहाङले  पछिल्लो समय जनस्तरमा राम्रो छवि बनाएका युवा नेताको रूपमा चिनिन्छन । कम बोल्ने, जोकोही संग घुलमिल हुनसक्ने उनको आदत हो । इमानदार, समाजिक सेवा र विकासप्रेमी योङहाङलाई पार्टिले वडाध्यक्षमा उठाएका छन। नेकपा एमालेले यसपटक माङ्सेबुङमा सत्तागठबन्धन संग एक्लै प्रतिस्पर्धा गर्दैछ ।

यी हुन् माङ्सेबुङ वडा नम्बर ३ मा एमाले उम्मेद्वार

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि माङ्सेबुङ वडा नम्बर ३ मा नेकपा एमालेबाट उम्मेद्वारहरु रहेका छन् । वडाध्यक्ष पदमा कुलबहादुर योङहाङ ( कविन्द्र ) रहेको छ । यसैगरी सदस्यहरु खुल्ला महिला सदस्य हस्तकुमारी लिम्बू , दलित महिला कला सिवा पोख्रेल खुल्ला सदस्यहरु देउमान साम्बा लिम्बू र सुर्य राई रहेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ३ : ४८ बजे