१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

माङ्सेबुङ वडा –५ मा जनमुक्तिका वडासदस्य तिलरुपा सबेन्हाङ निर्विरोध निर्वाचित



किरात समाचार : बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि माङ्सेबुङ गाउपालिकामा उम्मेदवारी दिएका राष्ट्रिय जनमुक्ति पार्टीका एक उम्मेदवार निर्वाचित भएका छन् ।  माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ को महिला वडासदस्य पदमा तिलरुपा सबेन्हाङ लिम्बू निर्विरोध निर्वाचित भएकी हुन् ।

स्थानीय तह निर्वाचन–२०७९ का निर्वाचन कार्यतालिका अनुसार वैशाख १६ गते राखिएको उम्मेदवार मनोनयन फिर्ता समयको क्रममा माङ्सेबुङ वडा नम्बर ५ को स्वतन्त्र उम्मेद्वार महिला सदस्य चन्द्र इङ्नाम सेन्दाङले उम्मेदवारी फिर्ता लिएपछि माङ्सेबुङ वडा ५ को महिला सदस्यमा राष्ट्रिय जनमुक्ति पार्टीकी तिलरूपा सबेन्हाङ लिम्बू निर्विरोध भएकी हुन् । निर्वाचन आयोगले आवश्यक प्रक्रिया पुरा भएपछि उनलाई विजयी घोषणा गर्नेछ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १ : २५ बजे