७ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025

फाल्गुनन्द सभागृहको नाम परिवर्तन भएकै छैनः पुर्वप्रधानमन्त्री ओली



किरात समाचारः नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा निर्माण भएको सभागृहको नामको बारेमा बताएका छन ।ओलिद्वारा केहिबर्ष अघि धर्मगुरुको उपस्थितमा शिलान्यास गरिएको उक्त फाल्गुनन्द सभागृह (हाल नाम परिवर्तन) दमक सभागृह नामको बारे तेतिधेरै अनुदार हुन आवश्यक नरहेको बताएका  छन् ।

इलामको महमाई स्थित चुनावीसभामा सम्बोधन गर्नुअघि केपि ओली र नेम्वाङले किरात धर्मगुरु आत्मानन्द लिङ्देनसँगको भेटदर्शनमा आफ्ना भनाई राख्ने क्रममा ओलिले सो कुरा बताएको हो। उनले भने किरात बिश्वविधालयको लागि आवश्यक जमिनको उपलब्ध बारेमा आगामी दिनमा गर्दैजाने र मुन्धुम,आस्था,विश्वासहरु पुर्वजहरुले आविष्कार र स्थापना गरेको त्यस्ता धाराहरु मध्ये मुन्धुम पनि हो । गुरुको सद्भाव र गुरुको अनुयायीहरुको शुभकामना एमाले माथी छ । उनले भने गुरुको उदेश्य र एमालेको उदेश्य समग्रमा मानव कल्याण र शान्ति रहेको बताए । मैले र सुवास जी ले यो भन्दा अघि समेत गुरुज्युको आशिर्वाद पाएका छौँ र फेरि आशिर्वाद ग्रहण गर्न पाउनु सौभाग्य भएको बताएका थिए ।

धर्मगुरुसंगको भेटदर्शन कार्यक्रममा डा. चन्द्रकुमार सेर्मा,गुरु कानुनी सल्लाहकारहरु एनएस फागो, भिम खत्री लगायतले बिगतमा गरेका प्रतिबद्धता एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री ओलि समक्ष बुंदागत रूपमा स्मरण गराएका थिए । भेटदर्शन कार्यक्रममा नेकपा एमालेका नेता दुर्गा प्रसाईँ, राम बहादुर राणा, सुनिता बराल हेमन्त राई ,सुनिता सुब्बा किरात धार्मिक संघसंस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ४ : २८ बजे