ताप्लेजुङ: ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपमा छोराले बृद्ध बुबा आमाको हत्या गरेका छन् । लेलेपको गोटीछाँगा भन्ने ठाउँमा २५ बर्षिय छोरा आइतराज लिम्बूले अन्दाजी ७५ बर्षिय बुबा बृखबहादुर लिम्बू र ७२ बर्षिय आमा फिपरानी लिम्बूको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक कैलाश राईले आइतराजले धारिलो हतियार प्रहार गरी आइतराजले घरमै बाबु आमाको हत्या गरेको प्रारम्भिक जानकारी प्राप्त भएको बताउनुभयो । प्रहरीले आइतराजलाइ नियन्त्रणमा लिइसकेको र घटनाका बारेमा अनुसन्धान सुरु भएको समेत प्रहरीले जानकारी दिएको छ । उज्यालो पोस्ट
२२ बैशाख २०७९, बिहिबार
329
Shares