किरात समाचार : किरात धार्मिक पर्वको रूपमा आज किरात धर्मावलम्बीहरुले ९२ औं समाजसुधार दिवश मनाउदैछन् । वि.सं.१९८८ वैशाख २४ गते राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङदेनले ७ बुँदे सत्यधर्म मुचुल्का घोषणा गर्नुभएको थियो ।
महागुरु फाल्गुनन्दले सत्रथुम १० लिम्बुवानका सुब्बा, अमाली तुम्याहाङहरुको बृहत भेलाले उक्त सत्यधर्म मुचुल्का पान्थरको लोब्रेकुटिमा जारी गरेका थिए । तत्कालीन समयमा किरात समुदायमा ब्याप्त कुरिती कुसंस्कार बिकृतिहरुलाई सामाजिक सुधारको अभियान स्वरुप ‘सत्यधर्म मुचुल्का’ तयार पारेका थिए ।
सत्यधर्म मुचुल्का निम्न बुँदा छन्
१) छोरी–चेलीको सोतरीत नखानु, नलिनू ।
२) शुद्धाई ९बर्खान्त० मा बली नदिनू ।
३) परिवारका सदस्यको मृत्यु हुँदा ९ दिन बारन गरी १० दिनमा शुद्ध हुनू ।
४) सुत्केरी २२ दिनपछि चोख्याउनू ।
५) सुँगुर, कुखुरा नखानू ।
६) इष्टमित्र, कुल–कुटुम्ब आउँदा, भेटघाट हुँदा जाँड, रक्सी लगायत मदमांसप्रयोग नगर्नू ।
७) बर्खान्त गर्दा फलफूल, नैवैध, अदुवा चढाउनु ।