किरात समाचार : दोस्रोपल्टको स्थानीय तह चुनाब आउन अब ३ दिन बाकी छ जनताहरु आफ्नो उम्मेदवारलाई जिताउन तछाड मछाड लागिरहेका छन । आ-आफ्नो राजनीतिक दल र पार्टीका झण्डा लिएर असारे खेती झै गाउँ घर,शहर,चोक बजार तातिरहेको छ ।
पान्थरको मिक्लाजुङ गाउपालिकामामा पनि यस्तै दृश्य देखियो ।
मिक्लाजुङमा अध्यक्ष पदकालागि काङ्ग्रेससङ्ग गठबन्धन गरेर माओबादीतर्फबाट बहालवाला अमरराज माखिम छन भने उपाध्यक्षका लागि काङ्ग्रेसका उदाउँदो युवा सन्तोष सेर्मा छ्न । नेकपा एमाले एक्लै मिक्लाजुङमा भिड्दैछन । जसका लागि अध्यक्षमा नरेन्द्रकुमार बस्नेत, उपाध्यक्षका लागि उम्मेदवार धनमाया सारु भिड्दैछन ।
नेकपा माओबादीको बहुमत रहेको मिक्लाजुङलाइ विश्लेषण गर्दै आइरहेको बेला त्यस्तै साबित भइरहेको छ मिक्लाजुङमा गठबन्धन भएपनि सबै वडामा माओवादीलाई अगाडि सारिएको छ ।
त्यसको फाइदा नेकपा एमालेले उठाउने भएको बिष्लेश्ण गरिएको छ । उता मिक्लाजुङ ५ मा गठबन्धनले माओवादीका अबिसन लाओतिलाइ अगाडि सारेका छन । भने राष्ट्रिय जनमुक्ति पार्टीले एमालेसङ्ग गठबन्धन गरेर घर चिन्हमा वडा अध्यक्षका लागि टिकाराम लाओती अघि सरेको छ ।
राजनीतिक बृतमा हेर्दा मिक्लाजुङ ५ का जनता नया अनुहार हेर्न चाहेको बुझिएको छ । उता जसपाले पनि वडा अध्यक्षको लागि उम्मेदवारी दिएका छन । यता वडा ४को लागि मङ्गोल नेशनल अर्गनाइजेसनले पनि उम्मेदवारी दिएका छन। र राष्ट्रिय जनमुक्ति पार्टीले पनि उम्मेदवारी दिएका छन ।
कस्तो छ वडा ५ मा राष्ट्रिय जनमुक्तिको मत भन्ने प्रश्नमा चुनावमा खटेका एक ब्यक्तिका अनुसार माओवादीको एकलौटी निरङ्कुसलाइ चिरफार गर्दै जित निकाल्नेछौ । उनका अनुसार स्वच्छ प्रतिस्पर्धा गर्दैछौ हामी जित्छौ ।
उता गठबन्धन बाट माओवादीबाट उठेका एक सदस्यका अनुसार हामी आकाश पतालको मतान्तरले जित्ने कुरामा ठोकुवा गरेका छन । उनका अनुसार यसअघिको काम देखेका छन । अबपनि हामी बनाउछौ।
गाउपालिका अध्यक्षको बारेमा वडा ४ मा गरेको प्रश्नमा बहालवाला माखिमलाइ जिताउने आन्तरिक योजना रहेको बताए। उनका अनुसार मिक्लाजुङ बनाउनमा माखिमको कुनै स्वार्थ नरहेको बताए ।
माखिमले यसअघि चुनाव जितेसङ्गै मिक्लाजुङ समृध मिक्लाजुङ बनाएका छन । यस्तै सबैखाले प्रशासनिक भवन र बाटो घाटो, कुल कुलेसा, कृषिमा अनुदान प्रोत्साहन, शिक्षा, स्वास्थ्य, बिजुली, गरिबी निवारणसबै कार्य गरिसकेका छन ।