किरात समाचार : स्थानीय तह निर्वाचन २०७९ को लागि शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । माङ्सेबुङ गाउपालिका वडा नम्बर ५ को भालुटारस्थित श्री सरस्वती माबिको मतदान केन्द्र बाट १ बजेसम्ममा ४५ प्रतिशत मत खसेको हो ।
नेपालभर शुक्रबार बिहान ७ बजेबाट स्थानिय तह निर्वाचनको लागि सरस्वती माबिको मतदान केन्द्रमा पुरुषतर्फ ४३९ र महिलातर्फ ४६४ मत १ बजेसम्ममा ४५ प्रतिशत मत खसेको मतदान अधिकृत यामबहादुर तामाङ ले बताए ।
शुक्रबार ७ बजेबाट नेपालभर स्थानिय तह निर्वाचन नेपालभर सुरु भएको हो । माङ्सेबुङ गाउपालिका वडा ५ मा कुलमतदाता २०२० रहेको छ ।