६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

कुल २०१९ मत रहेको माङ्सेबुङ वडा ५ मा १२३३ मात्रै मत खस्यो



किरात समाचार : माङ्सेबुङ गाउपालिका वडा नम्बर ५ को भालुटारस्थित श्री सरस्वती माबिको मतदान केन्द्र बाट ५ बजेसम्ममा १२ सय ३३ मत अर्थात ६१ प्रतिशत मत खसेको छ ।
यस वडामा कुल मत २ हजार १९ मत रहेकोमा ५ बजेसम्ममा ६१७ महिला,६१६ पुरुष ६१७ गरि १२ सय ३३ मत खसेको हो ।

नेपालभर शुक्रबार बिहान ७ बजेबाट स्थानिय तह निर्वाचनको लागि सरस्वती माबिको मतदान केन्द्रमा १२ सय ३३ मत ५ बजेसम्ममा ६१ प्रतिशत मत खसेको मतदान अधिकृत यामबहादुर तामाङ ले बताए । शुक्रबार ७ बजेबाट नेपालभर स्थानिय तह निर्वाचन नेपालभर सुरु भएको हो । माङ्सेबुङ गाउपालिका वडा ५ मा कुलमतदाता २०१९ रहेको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ११ : २८ बजे