किरात समाचार : स्थानीय तह निर्वाचन २०७९ को लागि शुक्रबार बिहान ७ बजेदेखि मतदान भएकोमा माङ्सेबुङ गाउपालिकामा ८ हजार ३ सय ७ मत खसेको छ । माङसेबुङ पालिकामा साझ ५ बजेसम्ममा ६६.०९ प्रतिशत मत खसेको हो ।
नेपालभर शुक्रबार बिहान ७ बजेबाट सुरुभएको मतदानमा माङ्सेबुङ गाउपालिकामा ५ बजेसम्ममा ८ हजार ३ सय ७ मत खसेको पालिकाका निर्वाचन अधिकृत घनेन्द्र अधिकारिले बताए । माङ्सेबुङ गाउपालिकामा कुलमतदाता १२ हजार ५ सय ६८ रहेको छ ।