किरात समाचार : स्थानीय तह निर्वाचन २०७९ माङ्सेबुङ गाउपालिकाको मतगणना कार्य शुक्रबार रातिबाटै थालिने निर्वाचन अधिकृतले जनाएको छ ।
मतदान सकिएलगत्तै मुचुल्का उठाएर मतपेटिका मतगणनास्थलमा पुर्याउने र सर्वदलीय बैठकको निर्णयपछि शुक्रबार रातिबाटै गणना कार्य सुरु हुने निर्वाचन अधिकृत घनेन्द्र अधिकारिले जानकारी दिएका छन् ।
शुक्रबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान भएको थियो । माङ्सेबुङ गाउँपालिकाको वडा ४ र ५ को मतगणना करिब मध्यरातबाट सुरुभएको अधिकृत अधिकारिले बताए । माङ्सेबुङ ४ को जम्मा खसेको मत ९ सय ४९ छ भने वडा ५ को १२ सय ३३ रहेको छ ।
मतगणनालाई प्रत्यक्ष हेर्नका लागि मतगणना स्थलमा प्रोजेक्टरको ब्यबस्था समेत गरिएको छ ।


