माङ्सेबुङ : माङसेबुङ गाउँपालिका वडा नम्बर ६ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेकपा एमालेका प्रदिप साङपाङ ८ सय ३० मतका साथ विजयी भएका हुन् । उनका प्रतिष्पर्धी कांग्रेसका जीवनकुमार राईले ३ सय ३४ मत ल्याएका थिए । वडा अध्यक्षमा निर्वाचित प्रदिप निवर्तमान वडाअध्यक्ष हुन् । उनी अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचित भएर एमाले प्रवेश गरेका थिए ।
सदस्यहरुमा समेत एमालेको प्यानल विजयी भएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिए । महिला सदस्यमा पुनम सम्बाहाम्फे (६९६ मत) र सदस्यहरुमा खगेन्द्र खड्का (६६६ मत) र दिवस राई (७४० मत) विजयी भएका छन् । महिला सदस्यका प्रत्यासी कांग्रेसकी कविता राई (३८० मत), सदस्यहरुमा आशिष राई (३८८ मत) र गोविन्द खड्का (३२१ मत) मात्र पाएका थिए ।
गाउँपालिका अध्यक्षमा समेत एमालेले अग्रता लिएको छ । एमालेका हेमन्त राईले ८ सय ९६ मत पाउँदा कांग्रेसका डिकेन्द्र इदिङ्गोले २ सय ७१ मत मात्र पाएका छन् । उपाध्यक्षमा एमालेकी सुनिता सुब्बाले ६ सय ८४ मत पाउँदा जनता समाजवादी पार्टीका विनोद नेम्बाङले ३ सय ५२ मत पाए ।
सो वडामा १ हजार ८ सय ७६ मतदाता रहेकोमा १ हजार २ सय ३४ मत मात्र खसेको थियो ।
मतपरिणाम हेर्नुहोस्
अध्यक्ष
हेमन्त राई (नेकपा एमाले): ८९६ मत
डिकेन्द्र इदिङ्गो (नेपाली कांग्रेस) : २७१ मत
उपाध्यक्ष
सुनिता सुब्बा (नेकपा एमाले) : ६८४ मत
विनोद नेम्बाङ (जनता समाजवादी पार्टी) : ३५२ मत
वडा अध्यक्ष
प्रदिप साङपाङ (नेकपा एमाले) : ८३० मत (विजयी)
जीवनकुमार राई (नेपाली कांग्रेस) : ३२४ मत
महिला सदस्य
पुनम सम्बाहाम्फे (नेकपा एमाले) : ६९६ मत (विजयी)
कविता राई (नेपाली कांग्रेस) : ३८० मत
सदस्य
खगेन्द्र खड्का (नेकपा एमाले) : ६६६ मत (विजयी)
दिवस राई (नेकपा एमाले) : ७४० मत (विजयी)
आशिष राई (नेपाली कांग्रेस) : ३८८ मत
गोविन्द खड्का (नेपाली कांग्रेस) : ३२१ मत