इलाम: चुलाचुली गाउँपालिका वडा नम्बर १ कमलबाट वडाध्यक्षमा संघीय लोकतान्त्रिक रास्ट्रिय मंच –संघीय लिम्बुवान मंचका पुर्ण लावती प्यानलै बिजयी भएको छ ।
लावतिले २०७४ को स्थानीय तह निर्वाचनमा ७०७ मत प्राप्त गरि निर्वाचित भएका थिए । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार लावतीले ८५३ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएसंगै लिम्बुवान प्यानलले वडामा जीत हाँसिल गरेको छ ।
वडाध्यक्ष पदका उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका मोती फागोले ५२७ मत मात्र प्राप्त गरेका छन् । खुल्ला सदस्यमा समरध्वज तामाङ्गले ७२७ र लाल बहादुर चाम्लिङ राई ले ७८१ मत प्राप्त गरि विजयी भएका छन् । महिला सदस्यमा राम कुमारी राई ८३० र दलित महिला सदस्यमा जानुकादेवी विश्वकर्माले ७७४ मत प्राप्त गरेकी छिन् ।
ने.क.पा. समाजवादी संग गठबन्धन गरेको लिम्बुवान मञ्चमा पालिका अध्यक्ष नारायण लावतीले २२८ र लिम्बुवानबाट उपाध्यक्ष रहेकी सिता कुमारी लावतीले ४४० मत प्राप्त गरेका छन् । जम्मा मतदाता संख्या ३९०३ रहेको वडामा २७१८ मत खसेको थियो । पालिकामा ६९ प्रतिशत मत खसेको थियो । जम्मा १८ हजार ५८० मतदाता संख्या मध्ये १२ हजार ८९४ मत खसेको थियो ।