इलाम : इलामको देउमाई नगरपालिकाको मेयरमा एमालेका सूर्य पोख्रेल र पबिमाया राई विजयी हुनुभएको छ ।
पोख्रेलले ८ हजार ६९५ मतसहित विजयी हुनुभएको हो ।
उनका प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट उम्मेदवार काँग्रेसका होम दुलालले ७ हजार ६२२ मत प्राप्त गर्नुभयो । त्यस्तै पोख्रेल दोस्रो कार्यकालको लागि निर्वाचित बन्नुभएको हो । उपमेयरमा एमालेबाट पबिमाया राई ८ हजार ५६३ मतका साथ दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ । यसअघि २०७४ को स्थानीय निर्वाचनमा राई उपमेयर हुनुहुन्थ्यो । निकटे प्रतिद्वन्द्वी माओवादी केन्द्रका राम राईले ५ हजार ७६५ मत प्राप्त गर्नुभएको छ