४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

फाकफोकथुम अध्यक्षमा एमालेका खनाल र उपाध्यक्षमा राई बिजयी



इलाम : स्थानित तह निर्वाचन २०७९ मा फाकफोकथुम गाँउपालिकामा नेकपा एमालेवाट अध्यक्षका उमेरद्वार दिपेन्द्र खनाल बिजयी भएको छ । निकटतम प्रतिस्पर्धी भन्दा ५०१ मतान्तरले खनाल विजयी हुनु भएको छ।

 
खनालले ५३२२ मत ल्याएर विजयी हुँदा वहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डिक वहादुर थापाले ४८२१ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्ष एमालेका कल्पना राई (सारु) ले निकटतम प्रतिस्पर्धी भन्दा ९८४ मतान्तरले विजयी हुनु भएको छ। राईले ५१५८ मत ल्याई विजयी बन्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका केबि बान्तवा राईले ४१७४ मत प्राप्त गर्नुभएको थियो ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ११ : ०६ बजे