१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

मुन्धुम निसामहिम जोखिममा, ध्यान कसैको गएन



किरात समाचार:  विश्वको एकमात्र मुन्धुम अध्ययन अध्यापन हुँदै आइरहेको किरात साम्जिक मुन्धुम निसामहिम जोखिममा रहेको तुम सिकसाम्बा ( प्रधानाध्यापक ) ललितचन्द्र फियाकले बताएका छन । उनले भने क्षतिपूर्तिका लागि प्रहरीको रिपोर्ट सहित ५ नम्बर वडा अध्यक्ष नरेन्द्रकुमार राई समक्ष क्षतिपूर्ति राहतको लागि निवेदन पेस गर्दापनि वडा अध्यक्ष राईले वास्ता नगरेको प्रधानाध्यापक फियाकले बताए ।

किरात धर्मग्रन्थ मुन्धुम पढाई हुने किरात साम्जिक मुन्धुम निसामहिम जोखिममा परेको छ । गत कार्तिकमा परेको बेमौसमी अविरल बर्षाको कारण निसामहिमको आसपास क्षेत्रमा जमिन चिरा परेसंगै निसामहिम पहिरोको जोखिममा परेको छ ।

माङ्सेबुङ ५ अवस्थित रहेको किरात साम्जिक मुन्धुम निसामहिमको जग संगैको जमिन चिरा परे संगै तेङगोबुङ गाउँ जोखिम बढेको छ । बर्खायाम नजिकै आएसंगै झन जोखिम बढेको स्थानियहरुले जनाएको छ ।

बर्षेनी हजारौ माङसेवासाबा र साङदाङगेन वरुमसाबाहरुको उत्पादन हुने गरेको हाल निसामहिममा कक्षा ५ सम्म पढाई हुने गर्दछ । किरात साम्जिक मुन्धुम (वेदशास्त्र), किरात शशीमुन्धुम (दर्शनशास्त्र), किरात खाइक् मुन्धुम (ज्योतिषशास्त्र), किरात सप्पान (साहित्य), किरात सिदासम्बा (आयुर्वेद) लगायत पढाइ भइरहेको निसामहिममा १ सय १० जना विभिन्न उमेर समुहकाहरुले मुन्धुम पढ्ने गरेको शिक्षक सन्चहाङ सङ्बाङ्फेले जानकारी दिए ।

०५६ साल मंसिर १८ गते पुर्व प्रधानमन्त्री नेपाली कांग्रेसका तत्कालीन सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको हस्तबाहुलिबाट उद्घाटन भएको उक्त निसामहिम भरौल ३ सुनसरी निवासीहरुले भवन निर्माण गरेका हुन् । त्यस्तै भवन निर्माणकर्ताहरु टेकप्रसाद एभेङ , रणहाङ एभेङ , स्व: कुलबहादुर एभेङ, छविलल एभेङ , बखत बहादुर एभेङ , नरबहादुर एभेङ रहेका छन् ।

७९ को स्थानीय तहको चुनावमा पनि भारीमतले निर्वतमान वडाअध्यक्ष राईले जितेका छन् । उनको ध्यान जान्छ जादैन त्यो भने हेर्न बाकी छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ५ : ०७ बजे