किरात समाचार : इलामको चुलाचुली गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष पुर्ण लाओतिले किरात लिम्बू भाषा बाट शपथग्रहण लिएका छन् । आज सोमबार चुलाचुली गाउपालिकाको सभाहलमा वडा १ का निर्वाचित जनप्रतिनिधिहरुले शपथ लिएका हुन ।
बैशाख ३० गते सम्पन्न स्थानिय तह २०७९ निर्वाचनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मंचबाट चुलाचुली गाउँपालिका वडा नम्बर १ का विजयीहरुलाई चुलाचुली गाउपालिकाका अध्यक्ष राजेन्द्र जबेगु लिम्बुले विजेताहरूलाई पालिकामा शपथग्रहण गराउनुभएको हो ।
यसैगरी शपथग्रहणमा चुलाचुली वडा १ का वडा अध्यक्ष पुर्ण लाओती सदस्यहरु रामकुमारी राई , जानुका देवि बिश्वकर्मा , लालबहादुर चाम्लिङ राई , समरध्वज तामाङले किरात लिम्बू भाषाबाट शपथग्रहण लिएका हुन् ।
किरात लिम्बू भाषा सरकारी कामकाजी घोषणा
इलामको चुलाचुली वडा १ मा लिम्बू जातिको बाहुल्यता रहेको यस क्षेत्रका लिम्बू समुदायको ऐतिहासिकतालाई सम्मान पुगोस भन्ने उदेश्यले किरात लिम्बू भाषा सरकारी कामकाजी भाषाको रूपमा ०७८ भदौ १ गतेदेखि लागू गरेको छ । आर्थिक बर्ष ०७७/०७८ नीति तथा कार्यक्रममै ‘किरात लिपी लिम्बू भाषा’लाई सरकारी कामकाजको रूपमा लागू गर्ने निर्णय गरेपनी विबिध कारणले घोषणा हुन सकेको थिएन । तर एक बर्षपछी किरात लिम्बू भाषा लाई सरकारी कामकाजी भाषाको रूपमा चुलाचुली गाउपालिका वडा नम्बर १ ले सरकारी कामकाजी भाषाको लागू गरे संगै कार्यन्वयनमा ल्याएको छ । सो वडामा दोभाषे वडा कर्मचारीको रूपमा जय सङ्बाङफे रहेको छ ।