३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

माङ्सेबुङ ५ का वडाध्यक्ष राईले बान्तावा भाषाबाट, वडासदस्यले खस नेपालीमा शपतग्रहण गरे



किरात समाचार:  इलामको माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष नरेन्द्रकुमार राईले बान्तावा भाषा बाट शपथग्रहण लिएका छन् । अन्य सदस्यहरुले नेपाली भाषामा शपथ लिएका हुन ।

गत बैशाख ३० गते सम्पन्न स्थानिय तह २०७९ निर्वाचनमा बाट राष्ट्रिय जनमुक्ति पार्टिबाट माङ्सेबुङ गाउँपालिका वडा ५ का विजयीहरुलाई सोमबार गाउपालिकाका अध्यक्ष हेमन्त राईले विजेताहरूलाई शपथग्रहण गराउनुभएको हो ।

शपतग्रहणमा वडा अध्यक्ष नरेन्द्र राईले आफ्नो मातृभाषा बान्तावा भाषा बाट सपथ लिए । यसैगरी अन्य महिला सदस्य तीलरुपा सबेन्हाङ लिम्बु , दलित महिला सदस्य गंगामाया विश्वकर्मा सदस्यहरु वीरबहादुर कुरुम्बाङ लिम्बू सुरेन्द्र तुम्बाहाम्फे लिम्बुले नेपाली भाषा बाट सपथ लिएका छन् ।

माङ्सेबुङ वडा ५ ले स्थानिय तह मध्ये नेपाल अधिराज्यमै पहिलो किरात लिम्बू भाषा सरकारी कामकाजी भाषाको रुपमा ०७५ सालमै घोषणा गरेको छ । सो वडा स्थानिय तह मध्येमा कामकाजी भाषा घोषणा गर्नेमा ऐतिहासिक वडामा पर्दछ । हाल फाल्गुनन्द गाउपालिका , चुलाचुली गाउपालिकामा किरात लिम्बू भाषा लागू भएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ४ : ५६ बजे