२ असार २०८१, शनिबार | Sat Jun 15 2024

माङसेबुङ ३ को सेवा कार्यालय दुई स्थानमा रहने



किरात समाचारः माङसेबुङ ३ का वडा अध्यक्ष लक्ष्यमण राई जनम खम्बुले वडाकोे सेवाकेन्द्र टुंगो नलागेसम्म तल्लो क्षेत्रको लागि माथिल्लो भञ्ज्याङतिर हल व्यावस्थापनको लागि निर्देशन दिईसकेको बताएका छन् ।

उनका अनुसार सेवा केन्द्रको बारेमा उठ्दै आएको समस्या हो, त्यसैले हप्ताको दुइदिन तल्लो क्षेत्रको लागि माथिल्लो भञ्ज्याङमा वडाको सम्पुर्ण कामगर्ने गरिको कार्यालयमा आवश्यक कम्प्युटर, प्रिन्टर, टेबल, दराजलगायत सामाग्रीको व्यावस्थापन भइसकेको र माथिल्लो क्षेत्रको लागि चतुरेको अस्थाई वडा कार्यालयमै सेवादिने बताएका हुन ।

खम्बूले पदभार लिएसंगै जनतासंग लिएको बाचा पुरा गर्ने बताएका छन् । उनका अनुसार मैले भोट माग्दा जनतासंग जे बाचा गरेको छु त्यो पुरा गरिएनभने जनताको पाप लाग्नेकुरा बताएका हुन ।

आफ्नो कार्यकालको अन्त्यतिर वडा बिभाजनसंगै वडा कार्यालयको भवन निर्माण गर्ने, माङसेबुङ ३ का कृषकहरुलाई प्रोत्साहन उत्प्रेरणा पुरस्कार, युवा खेलकुद, संचारलगायतका कार्यलाई पहिलो प्राथमिकता रहने, वडामा भएको बेतिथीलाई अन्त्य गर्दै, भ्रष्टचाररहित वडाको रुपमा विकासगर्ने, कुराको जोड दिएका छन् ।
खम्बु कांग्रेस, जसपा, माओबादी, जनमुक्तिको गठबन्धनमा ३ नम्बर वडाअध्यक्षमा निर्वाचित हुनुभएको हो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ४ : ०८ बजे