७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङ्सेबुङ ५ र ३ को खानेपानी मुहान अवलोकन गर्न पुगे उपाध्यक्ष विनोद नेम्बाङ



किरात समाचार : माङ्सेबुङ गाउपालिकाका नवनिर्वाचित उपाध्यक्ष बिनोद नेम्बाङ,वडाध्यक्ष कार्यपालिका सदस्य सहित माङ्सेबुङ ५ र ३ को खानेपानीको मुहान अवलोकनका लागि पुगेका छन्।

सोमबार उनी सहित माङ्सेबुङ ३ नम्बर वडा अध्यक्ष लक्षुमन राई ( जनम ) वडा नम्बर ५ वडा अध्यक्ष नरेन्द्र राई कार्यपालिका सदस्य सुसन राई खानेपानी उपभोक्ता समिती अध्यक्ष केन्द्रबहादुर राई लगायत खानेपानी मुहानमा पुगेर अवलोकन गरेको हो ।

माङ्सेबुङ वडा ५ र ३ का स्थानीयले भोगिरहेको खानेपानीको समस्यालाई नजिकबाट नियाली रहेका नेम्बाङ र खम्बुले निर्वाचित भएपछि जेठ १५ गते आइतबार गुरुनिजी आश्रममा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा वडा ५ र ३ का जनतालाई स्वच्छ पानी खुवाउने प्रतिबद्धता गरेका थिए ।

कार्यक्रममा माङ्सेबुङका ५ र ३ का जनताले आफूलाई विश्वास गरी विजयी बनाएपछि उनले खानेपानी समस्या तत्काल पूरा गर्ने
बताएका थिए ।

खानेपानी मुहान अवलोकनपछि नेम्बाङले सञ्जालमा लेखेका छन् ।

 

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ४ : ५२ बजे