गीतकार आन्छुमे नसानको शव्दमा एकान्त र सुनिताको ‘हौ फोवामे’ सार्वजनिक (भिडियो सहित)

किरात समाचार : सञ्चारकर्मी तथा गीतकार आन्छुमे नसानको शव्द गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बू र गायिका सुमिता लावतीको लिम्बू भाषाको  गीत ‘हौ फोवामे’ को भिडियो सार्वजनिक गरेको छ ।

गायक एकान्त आङदेम्बे लिम्बू र गायीका सुनिता लावती लिम्बूको सुमधुर आवाजमा सजिएको गीत ‘हौ फोवामे’ को संगीत गायक एकान्त आङ्देम्बेको गरेको छ ।  भिडियो गायीका सुनिता लावतिको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

कोरियोग्रफर तथा निर्देशक दिनेश माङमु लिम्बूको निर्देशनमा इसिका जबेगु लिम्बू र आशिस लिम्बूद्वारा अभिनित भिडियोमा छायाँकन मुकेश हुमागाईले गरेका छन् ।

छाडेर गएकी श्रीमतीको यादमा टोलाएर बसेको एक युवकको प्रेम कथालाई प्रस्तुत गरिएको भिडियोमा कविता तोलाङगीको मेकअप, मु्स्कान ओली, सिरिस खड्का र नविन तोलाङगीको लाईट र अनिल रानाको सम्पादन रहेको छ ।

पदम रजन मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् । भिडियो हेर्नुहोस ….

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार