किरात समाचारः संघीय निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत आत्मानन्द मार्ग माई ७ लक्ष्मी बाँधदेखि माङसेबुङ गुरूआश्रम दायाँ हुदै फाल्गुनन्द सडक जोड्ने कालोपत्रे सडकको शुक्रबार निर्माण कार्य शुभारम्भ भएको छ ।
गत बर्ष केपी ओली प्रधानमन्त्री रहँदा शिलन्यास गरेको १ सय ६५ संघिय निर्बाचन क्षेत्र सडक अन्तरगतको इलाम २ को सडक निर्माण कार्य शुरु भएको हो । लक्ष्मीवाँधबाट माङसेबुङ सम्मको १८ किलोमिटर कालो पत्रे बन्ने डिपिआर बमोजिम सडक निर्माण शिलन्यास गरिएको माई ७ का वडाध्यक्ष बुद्धि खनालले जानकारी दिनुभयो । सडक निर्माणको लागत ४० करोड रुपैयाँ रहेको छ ।
हिम्दुङ एण्ड थोकर कम्पनी र भट्टराई जेबिले सडक निर्माणको ठेक्का पारेको कालोपत्रे सडक महमाईकी जेष्ठ स्वास्थ्य सेविका चन्द्रकला दहाल र वडाध्यक्ष बुद्धि खनालले शुक्रबार सडकको शिलन्यास गर्दै निर्माणको औपचारिक शुरुवात गर्नु भएको हो ।
आगामी २ बर्षमा सम्पन्न गर्ने गरी सकिने निर्माण कम्पनीले जनाएको छ।
पुर्वाञ्चलबाट