१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

राष्ट्रपति रनिङ सिल्ड : सरस्वतीले दुई दर्जन स्वर्ण पदक जित्दै प्रथम



किरात समाचार: माङसेबुङ गाउँपालिकाले आयोजना गरेको ‘स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ सिल्ड २०७९’ मा श्री सरस्वती मावि भालुटारले प्रथम स्थान हासिँल गरेको छ ।

गाउँपालिकाभरका ६ वटा माध्यमिक विद्यालयले ९ वटा खेलहरुमा प्रतिस्पर्धा गरेको सो प्रतियोगितामा सरस्वतीले दुई दर्जन स्वर्ण पदक जित्दै प्रथम हुन सफल भएको छ ।

सरस्वतीले गाउँपालिका स्तरका खेलमा यतिका धेरै खेलहरुमा स्वर्ण पदक जितेको पहिले पटक हो । सरस्वतीले जितेका खेलहरु लङ्ग जम्प छात्र, लङ्ग जम्प छात्रा,ज्यप्लिन थ्रो छात्र, ज्यपलिङ थ्रो छात्रा, ट्रीपल जम्प छात्र, ट्रिपल जम्प छात्रा, साट पुट छात्र, हाई जम्प छात्रा, ३ हजार मीटर छात्र, ३ हजार मीटर छात्रा, २ सय मीटर छात्रा, ४ सय मीटर छात्र, १५ सय मीटर छात्र, १५ सय मीटर छात्रा, ८ सय मीटर छात्र, १ सय रीले छात्रा, ४ सय रिले छात्रा, भलिबल छात्र, कबड्डी छात्र, कबड्डी छात्रा गरि प्रथम हासिल गरे ।

यस्तै दितिया साट पुट छात्रा, २ सय मीटर छात्र, ४ सय मीटर छात्रा, १ सय मीटर छात्रा, ८ सय मीटर छात्रा, १ सय मीटर रिले छात्र, ४ सय मीटर रिले छात्र रहेका छन ।

यसैगरी दुर्गा मावि खलङगे दोस्रो र इभाङ माविले तेस्रो स्थान हासिँल गरेको छ । प्रतियोगितामा छात्र भलिबल, कराते, छेलो, ज्याब्लिङ थ्रो, कबड्डी, रिले दौड, हाइजम्प र लङ जम्प खेलहरु रहेका थिए । सो प्रतियोगितामा सरस्वती मावि भालुटार माङसेबुङ ५, विद्यासिर्जना मावि माङसेबुङ ४, दुर्गा मावि माङसेबुङ ३, जिवनज्योति मावि माङसेबुङ ३, चिसापानी मावि माङसेबुङ ६ र इभाङ मावि माङसेबुङ २ ले प्रतिस्पर्धा गरेका थिए ।

पदक जितेका खेलाडीहरुले गाउँपालिकाको प्रतिनिधित्व गर्दै जिल्ला स्तरीय खेलमा प्रतिस्पर्धा गर्ने छन् । बिजेता, उपबिजेता र सहभागीलाई पुरस्कार बितरण माङ्सेबुङ गाउपालिका उपाध्यक्ष बिनोद नेम्बाङ र कार्यपालिका सदस्य सुसन राइको हस्तबाहुलिमा भएको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ७ : ०३ बजे